एकै व्यक्तिलाई दुईवटा बसले ठक्कर दियो

लहान । सिराहाको लहान नगरपालिका–३ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । अन्दाजी ५० वर्षीय पुरुष पैदल हिँडिरहेको समयमा ना५ख ६४१९ नम्बर बसले ठक्कर दिएको हो । प्रहरीका अनुसार उक्त बसको ठक्करबाट उछिट्टिएका उनलाई पुनः पछाडीबाट आउदै गरेको ना५ख १८२७ नम्बरको अर्को बसले समेत ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै बस र चालहरुलार्इ जिल्ला प्रहरी कार्यालय सिराहाले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार