विप्लव समूहसँग वार्ताको ढोका खुला छ : नेता भट्टराई

तालेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि पनि समस्या समाधानका लागि सो पार्टीसँग छलफल र सम्वाद भइरहेको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आयोजित सर्वपक्षीय बैठकमा उनले विभिन्न सूत्रका माध्यमबाट सो पार्टीसँग समस्या समाधानका विषयमा छलफल र सम्वाद भइरहेको बताए। सरकारले वार्ता, सम्वाद र छलफलका लागि ढोका खुला राखेकाले उनले राजनीतिक तवरबाटै समस्या समाधानका लागि सरकार प्रयासरत रहेको स्पष्ट पारे।

संविधानको दायराभित्र रहेर खुलेका कुनै पार्टी वा समूहलाई निगरानी गर्नुपर्ने कारण नरहेकाले उनले विप्लव नेतृत्वको पार्टीलाई नभई उसले गरेका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे।

प्रतिबन्ध लगाउनुअघि पनि विप्लव समूहसँग पटकपटक वार्ता र छलफल भएको तर सहमति नभएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उसका गतिविधिलाई प्रतिबन्ध लगाउनुपरेको नेता भट्टराईको भनाइ थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार