पुष्पलताको किताब यात्रा

काठमाडौं । यस अघि ६० वटा किताब लेखेर तिनै किताबबारे यात्रा गरेकी लेखिका पुष्पलता आचार्यले त्यो यात्रालाई पुस्तक ‘किताब यात्रा’ मा समेटेर पाठकमाझ ल्याएकी छन् ।

किताब यात्राको राजधानीमा आज एक समारोहबीच सार्वजनिक गरिएको छ । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले बुधबार काठमाडौंमा एक समारोहबीच यो पुस्तक विमोचन गरेका छन् ।

कार्यक्रममा बोल्दै जोशीले यात्रा आफैंमा रोमाञ्चक र रहस्यले भरिएको हुने र सो कुरा यो पुस्तकले पनि प्रस्ट्याएको बताए ।

किताब लिएर यात्रा गरेको र त्यसको पुस्तक बनेको यो पहिलोपल्ट भएको पनि उनले जिकिर गरे ।

कार्यक्रममा विशिष्ट अतिथि भरत जंगमले किताब लेखन आफैंमा यात्रा जस्तै चुनौती भए पनि पुष्पलताले यात्रा र लेखन दुवै चुनौती एक्लै लिएर फलीभूत तुल्याएको बताए । कवि बेन्जु शर्माले किताब यात्रामार्फत पुष्पलताले नेपाली समाज, नेपाली लेखक र नेपाली पाठक देखाएको बताइन् ।

पुस्तकबारे रमेश शुभेच्छुकले समीक्षात्मक टिप्पणी गरे । लेखिका पुष्पलता आचार्यले यात्रा र पुस्तक लेखनका रमाइला स्मरण सो कार्यक्रममा सुनाइन् । सो किताबलाई सिमल बुक प्रकाशनले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार