रोजर फेडरर मायामी ओपन टेनिसको क्वार्टरफाइनलमा

काठमाडाैँ । तीन पटकका च्याम्पियन रोजर फेडेरर मियामी ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  स्विस खेलाडी फेडेररले १३ औ वरियताका डेनियल मेदभेदेवलाई ६–४ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम ८ मा पुगे ।

झण्डै एक घण्टाकाे समय खर्चिएका फेडररले पहिलाे सेट ६–४ ले जिते भने दाेस्राे सेटमा ६–२ काे जित निकाले । उनले यसअघि सन् २०१७ मा अन्तिम पटक मियामी ओपन टेनिसको उपाधि जितेका थिए ।

अन्तिम ८ मा फेडररले साउथ अफ्रिकाका केभिन एन्डरसनसंग खेल्नेछन् । विश्व वरियताको पाँचौ स्थानमा रहेका फेडेररले एन्डरसनसंग पछिल्ला पाँच भेटमा मात्र एक खेल गुमाएका छन् । यता एन्डरसनले अष्ट्रेलियाका जोर्डन थम्सनलाई ७–५ र ७–५ मा पराजित गर्दै क्वार्टरफाइनल पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार