मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामूलक गीतको भिडियो सार्वजनिक

काठमाडाैँ । मस्तिष्क पक्षघातसम्बन्धी जनचेतनामुलक गीत नभन ‘मेरो भाग्य’को म्युपनक भिडियो सार्वजनिक भएको छ। शिव परियारको स्वर, नरेश कुमार प्रधानको शब्द र रिदम कँडेलको संगीत रहेको गीतको म्युजिक भिडियोमा सरोज खानाल, सूर्यमाला खनाल र र्सिवानी थानीको अभिनय रहेको छ।

गीतको बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमोचन गरेका हुन्।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले मस्तिष्क पक्षघात कुनै पूर्व जन्म को पाप वा गल्ती नभै मानवलाई आइपर्ने आकस्मिक अनपेक्षित घटना भएको र यो समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताए। उनले सरकारले मस्तिष्क पक्षघात पीडितका लागि सहयोग गर्न सदा तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरे

कार्यक्रममा अभिनेता सरोज खनाल सन्देशमुलक गीतमा अभिनय गर्न पाएको मा खुशी व्यक्त गर्दै संस्थाको उन्नति तथा प्रगतिको कामना गरे।

काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले स्थानीय निकायको अधिकारले भ्याएसम्म मस्तिष्क पक्षघात पीडित लाई सहयोग गर्ने बताइन्।

कार्यक्रममा गायक शिव परियार, समाजसेवी नरेन्द्रबहादुर श्रेष्ठलेसंस्थालाई नगद सहयोग गर्नुका साथै संस्थासँग हातेमालो गर्दै मस्तिष्क पक्षघात पीडितका लागि निस्वार्थ भावनाले काम गर्ने बताए।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। बुद्ध थापाले छायांकन गरेको यस गीतलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो।

हेरौँ भिडियो:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार