शिवम् सिमेन्टको सेयर कारोबार खुला, ओपन रेन्ज १६१.६० देखि ४८४.८० रुपैयाँसम्म

काठमाडौं । शिवम् सिमेन्टको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । शिवमको पहिलो कारोबारका लागि नेप्सेले १६१ रुपैयाँ ६० पैसादेखि ४८४ रुपैयाँ ८० पैसासम्म रेन्ज दिएको छ । कम्पनीले सेयर कारोबार ‘एसएचआइभीएम’ संकेतबाट हुने भएको छ ।
शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता सेयर नेप्सेमा मंगलबार सूचीकृत भएको हो । कम्पनीले फागुन ६ देखि १४ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरेको ४४ लाख कित्ता आइपीओ पनि मंगलबार नै सूचीकृत भएको थियो । बुधबार होलीको अवसरमा सार्वजनिक विदा परेकाले यसको सेयर कारोबार बिहीबारदेखि खुला भएको हो ।
शिवम् सिमेन्टको आइपीओ फागुन २२ गते बाँडफाँट भएको थियो । यसमा ५ हजार २२० कित्तासम्म आवेदन दिने सबैलाई माग अनुसार सेयर बाँडफाँट गरिएको छ । यसभन्दा माथि १ लाख कित्तासम्म आवेदन दिएका सबैलाई ५ हजार ६४० कित्ताका दरले सेयर दिइएको छ । बाँकी रहेको ११५ कित्ता सेयर ५ हजार २२० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनालाई १० कित्ता थप गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार