राजपा अध्यक्ष मण्डलकाे संयाेजकमा शरतसिंह भण्डारी

काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकाे अध्यक्ष मण्डलकाे संयाेजकमा शरदसिंह भण्डारी चुनिएका छन्। प्रत्येक २ महिनामा संयाेजक फेरिने प्रावधानअनुसार भण्डारी संयाेजक चुनिएका राजपाका महासचिव केशव झाले जानकारी दिए।

भण्डारी अघि राजपा अध्यक्ष मण्डलकाे संयाेजकमा नेता महेन्द्र राय यादव थिए। यसपछि अध्यक्षमण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमश: संयाेजक बन्नेछन्।

यसअघि पार्टी गठन भएपछि लामाे समय महन्थ ठाकुर संयाेजक रहेका थिए भने उनीपश्चात् राजेन्द्र महताे साे जिम्मेवारीमा रहेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार