हाेलीमा काठमाडाैंमा १० सवारी दुर्घटना, २ जनाकाे मृत्यु, ३ काे अवस्था गम्भीर

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको र ३ जना सख्त घाइते भएका छन्।

होेली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको र ३ जनाको अवस्था जटिल छ। ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको थियो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

होलीमा बुधबार मात्र काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए। गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटना हुँदा १८ घाइते भएका थिए।

ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभाबी रुपमा सवारीसाधन चलाउने ९ सय १८ चालकलाई कारबाहीसमेत गरेको छ। तीमध्ये ९ सय ५ दुई पाङ्ग्रे र १३ चार पाङ्ग्रे सवारीसाधनका चालक कारबाहीमा परेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार