‘जात्रै जात्रा’काे गीतले कति पायो भ्युज ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को गीत रिलिज भएको छ । ‘माया पिरिम’ बोलको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि रिलिज गरिएको हो ।

नेपाल आइडल फेम्ड निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा कृष्ण भारध्वजले संगीत भरेका छन् । शब्द लेखु सहयात्रीले लेखेका छ ।

गीतको भिडियोमा स्टारडमको भीडभाड छ । निश्चल बस्नेत, करिष्मा  मानन्धर, दयाहाङ राई, विपिन कार्की, रविन्द्रसिंह बानिया, रविन्द्र झा, वर्षा राउत, सारा सिरपाइली फिचर्ड छन् । गीत १८ घण्टामा साढे तीन लाख पटक हेरिएको छ ।

प्रदीप भट्टराइले निर्देशन गरेको चलचित्र जेठ ३ गते रिलिज हुने भएको छ ।

चलचित्र ‘जात्रा’को सिक्वेलका रुपमा निर्माण भएको चलचित्र ‘जात्रै जात्रा’का मुख्य पात्र विपिन कार्की मोटरसाइकल दुर्घटनामा परी घाइते भएपछि छायांकन प्रभावित भएको थियो । विपिन घाइते भएपछि चलचित्र पूर्व निर्धारित मितिमा रिलिज हुन सकेन ।

चलचित्र ‘जात्रै जात्रा’मा विपिनसँगै रविन्द्र सिंह वानिया, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायत कलाकार मुख्य भूमिकामा छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार