राप्रपा ( संयुक्त) का अध्यक्षद्वय राणा र लोहनी देश दौडाहामा

काठमाडौं ।  राप्रपा (संयुक्त) का नेताहरु देश दौडामा जाने भएका छन् । सोही सन्दर्भमा सो पार्टीले प्रदेशस्तरीय कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।

जसअन्र्तगत यहि चैत २, ३ र ४ गते विभिन्न स्थानमा आमसभा र अगुवा कार्यकर्ता भेला सम्पन्न गर्ने सो पार्टीले जनाएको छ ।

सभा सम्मेलनहरुलाई राप्रपा (संयुक्त) का अध्यक्षद्वय पशुपति शम्म्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् ।

राप्रपा (संयुक्त) सञ्चार समितिका संयोजक राजेन्द्र गुरुङका अनुसार यसपटक प्रदेश ४, ५ र ६ अन्तर्गत कपिलवस्तुको तौलिहवा, दाङ, नेपालगञ्ज र सुर्खेतमा आमसभासहित अगुवा कार्यकर्ता भेला गर्ने तयारी भएको छ ।

‘मुलुकमा भरपर्दो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस भएको अवस्थामा राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु राष्ट्रको मुद्दा लिएर राप्रपा (संयुक्त) ले जनतामाझ जाने क्रम जारी राखेको हो’ गुरुङको भनाई छ ।

राप्रपा (संयुक्त) ले समान विचारधार भएका दल, समूह र व्यक्तिहरुलाई एकताका लागि आह्वान गर्दै आएको छ । राप्रपा (संयुक्त) ले यसअघि फागुन २१ गतेपछि प्रदेश नं १, २ र ३  का विराटनगर, राजविराज, मिर्चैया, जनकपुर, हरिवन, बीरगंज, हेटौडा र भरतपुरमा सभासम्मेलन गआयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार