युरोपा लिग : पाँच पटकको विजेता सेभिल्ला बाहिरियो, चेल्सी र आर्सनल अन्तिम आठमा

एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँच पटकको विजेता सेभिल्ला अन्तिम १६ बाट बाहिरिएको छ। सेभिल्लालाई चेक गणतन्त्रको स्लाभिया प्रागले समग्रमा ६–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

प्रागले दोस्रो लेगमा ४–३ को रोमाञ्चक जित हात पार्यो। यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो।

यता चेल्सीले डाइनामो किभलाई समग्रमा ८–० ले हराएर अन्तिम आठमा स्थान पक्का गरेको छ। पहिलो लेगमा ३–० ले विजयी भएको चेल्सीले दोस्रो लेगमा ५–० को जित हात पार्यो। दोस्रो लेगमा चेल्सीका ‌ओलिभर जिरुडले ह्याट्रिक गरे। उनले खेलको पाँचौ, ३३ र ५९ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तो अलन्सोले पहिलो हाफको इन्जुरी मिनेटमा र हुडसन ओडोइले ७८ मिनेटमा गोल गरे।

यता आर्सनले फ्रेन्च क्लब रेनेसलाई समग्रमा ४–३ ले हराएर क्वार्टरफाइनलमा स्थान पक्का गर्यो। पहिलो लेगमा ३–१ ले पराजित आर्सनलले दोस्रो लेगमा ३–० को जित हात पार्यो। दोस्रो लेगमा आर्सनलका लागि आउबामेयाङले ५ र ७२  मिनेटमा गरी २ गोल  गरउदा मारटल्यान्ड निल्सले १५ मिनेटमा गोल गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार