भ्रष्टाचार संस्थागत हुन थालेको छ: राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवि भण्डारीले देशमा भ्रष्टाचार संस्थागत हुन थालेको भन्दै चिन्ता व्यक्त गरेकी छिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवसका अवसरमार भण्डारीले भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने गुनासो बढ्दै गएकाले नियन्त्रणका लागि महाअभियान नै चलाउनु पर्ने बताएकी हुन्।

कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘देशमा भ्रष्टाचार संस्थागत हुन थालेको भन्ने समेत गुनासो आउन थालेको छ । यो यो चिन्ताको विषय हो ।’ उनले भ्रष्टाचार विष वृक्ष जस्तै जति बढ्दै जान्छ उति नियन्त्रण गर्न मुस्किल पर्ने भएकाले वेलैमा सोच्न आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले भ्रष्टाचार भएर कारबाही गर्नुभन्दा भ्रष्टाचार नै नहुने वातावरण सिर्जना गर्न सुझाव दिइन्। उनले भनिन्, ‘सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिले आफूले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाउँदै भ्रष्टाचार विरोधी महाअभियनामा आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गर्दछु ।’

भ्रष्टाचार नियन्त्रण गर्न राज्य सबै निकायको सहयोग र सहकार्य गर्नुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार