नेकपामा थप तरंग, नेताहरुले औंल्याए विभाजनको खतरा

काठमाडौँ – नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् ।

ता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् ।

पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस  लेखेका छन् ।

उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् ।

‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैनरल्याइनै हुँदैन,’ पोखरेलले भनेका छन्, ‘अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्‍याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’ पोखरेलले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् । कान्तिपुर दैनिका खबर छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार