समायोजनबारे कर्मचारी अन्योलमा

काठमाडौँ । कर्मचारी समायोजन ऐनले गरेका विभिन्न व्यवस्थामा असहमति जनाउँदै सबै सेवाका कर्मचारी सरकारविरुद्ध खनिएका छन्। ऐनमा रहेका छुट्टाछट्टै व्यवस्थाप्रति निजामती कर्मचारी र साबिकका स्थानीय निकायका कर्मचारीले असहमति जनाएका हुन्।

साबिकका स्थानीय निकायका कर्मचारीहरूले समायोजन हुँदा निजामती कर्मचारीसरह सुविधा पाउनुपर्ने माग राखेका छन्। उनीहरूले तह वृद्धि र ग्रेड वृद्धिको माग गर्दै सोमबार कामकाज नै ठप्प गरे। यस्तै, उनीहरूले थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेका छन्। एउटै ऐनअन्तर्गत समायोजन हुँदा निजामती कर्मचारीलाई सुविधा दिने र आफूहरूलाई विनासुविधा समायोजन गर्न लागेकोमा उनीहरूको आपत्ति छ। मन्त्रालयले भने तोकिएको समयभित्र स्थानीय निकायका कर्मचारी समायोजन भइसक्ने जनाएको छ।

संघमा फर्कने बाटो खोज्दै कर्मचारी
निजामती सेवाका कर्मचारीले स्थानीय तह वा प्रदेशमा समायोजन भएपछि निश्चित समयमा संघमा फर्कन सक्ने व्यवस्था हुनुपर्ने माग राखेका छन्। ऐनले समायोजन भएपछि त्यही सेवाभित्र मात्र सरुवा र बढुवा हुने व्यवस्था गरेको छ। तर, कर्मचारीहरूले निश्चित मापदण्ड पूरा गरेपछि संघमा आउन सक्ने विकल्प खुला गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार