प्रस्तावित प्रधानन्यायाधीस जबराविरुद्द उजुरी आह्वान

 42 पटक हेरिएको

काठमाडाैँ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशम्शेर जबराको सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले जवराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णयसहित सुनुवाइ गर्न समितिलाई पत्राचार गरेको थियो ।

सोही पत्रका आधारमा समितिले आजदेखि दश दिनसम्मका लागि जबराविरुद्ध उजुरी माग गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उजुरीकर्तासँगको छलफलपछि जबरासँग सुनुवाइ थालिनेछ ।

सुनुवाइ चित्त बुझेमा जबराको नाम अनुमोदन हुनेछ । समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसअघि प्रधानन्यायाधीशमा सिफारीस दिपकराज जोशीलाई चित्तबुझ्दो जबाफ नदिएको भन्दै संसदीय सुनुवाइ समितीले अस्विकृत गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार