नेकपाको स्थायी समिति बैठक आज

 39 पटक हेरिएको

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज फेरि बस्दैछ। यसअघि शनिबार बसेर स्थगित भएको बैठक आज अाज दिउँसाे एक बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ।

शनिबारको बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। दुवै अध्यक्षका तर्फबाट दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले ८ बुँदे फरक मत राखेका छन्।

अध्यक्षले पेश गरेको र गौतमले पेश गरेका दुवै प्रतिवेदन सदस्यहरुलाई आतबार अध्ययन गर्न समय दिइएको थियो। सदस्यहरुले अध्ययन गरेपछि आज ती प्रतिवेदनमाथि छलफल हुन लागेको हो। यसैगरी पार्टीको तल्लो तहसम्मको एकीकरणका बिषयमा छलफल हुने जनाइएको छ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गत जेठ ३ गते एकता भए पनि अहिलेसम्म तल्लो तहका कमिटिको एकता प्रक्रिया सकिएको छैन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार