नेकपा एकीकरण जिल्ला नेतृत्व छान्ने मापदण्डमै विवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण रोकिएको छ । नेकपाले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबन्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण रोकिएको हो ।

प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति हुन सकेको छैन । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई पनि केन्द्रीय सचिवालयले अनुमोदन गरिसकेको छैन । प्रवक्ता नारायणकाजी श्रेष्ठले जिल्ला एकीकरणको काम छिटो टुंगो लगाउन केन्द्रीय सचिवालय र स्थायी समिति बैठकको मिति तय भइनसकेको बताउनुभयो ।

केन्द्रीय सचिवालयमा जिल्ला नेतृत्व चयनसम्बन्धी प्रस्तावित मापदण्डमै विवाद देखिएपछि सहमतिका लागि सबैलाई चित्तबुझ्ने गरी अर्को मापदण्डको खोजी भइरहेको नेताहरको भनाई छ । तत्कालीन एमाले र माओवादीबीच भागबन्डाका आधारमा जिल्ला नेतृत्व सचिवालयबाटै टुंगो लगाएर बाँकी सदस्य छान्ने जिम्मेवारी प्रदेश संगठन कमिटीलाई दिने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार