वैदेशिक रोजगार : १ सय १० देशमा श्रम स्वीकृति

काठमाडौं । सरकारले कानुनी रूपमा वैदेशिक रोजगारीमा जाने कामदारको हकमा संस्थागत १ सय १० देश खुला गरे पनि सन् २००५ यता ८ मुलुकसँग मात्र सरकारीस्तरमा श्रम सम्झौतामा हस्ताक्षर गरेको छ । नेपाली श्रमिक आपूर्ति गर्दै आएका जापान, मलेसिया, कतार, बहराइन, युएई, जोर्डन, दक्षिण कोरिया र इजरायल गरी ८ वटा देशसँग मात्र श्रम सम्झौतामा हस्ताक्षर भएको हो ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको लागि पछिल्लो समय मलेसियासँग श्रम समझादारीमा हस्ताक्षर गरेको हो । सरकारले सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २००७ मा दक्षिण कोरिया, युएईसँग २००७ मै अर्को श्रम सम्झौता गरेको थियो । यस्तै, सन् २००८ मा बहराइन र जापानसँग श्रमिक आपूर्ति गर्ने सम्झौता भएको थियो । २०१५ मा इजरायल, २०१७ जोर्डन र २०१८ ममा मलेसियासँग श्रम सम्झौता गरिएको छ।

श्रम सम्झौता भएका ठूला र विकशित देश इजरायल र जापानसँग पाइलट प्रोजेक्टको रूपमा जिटुजी गरेर कामदार पठाउने सम्झौता भएको थियो । जापान र इजरायलसँग श्रम सम्झौता भए पनि कामदार पठाउन सरकारले सकेको छैन । सरकारले यसअघि गरेका सम्झौता लचिलो भएर गरे पनि पछिल्लो समय अघिल्लो महिना श्रम सम्झौता गरेको जोर्डनसँग नेपाली कामदारको अधिकार र जोर्डन सरकारको दायित्वका विषयमा धेरै कुरा सहमति सहित सम्झौता गरेको छ ।

नयाँ रोजगारदाता देशको खोजी हुँदै
सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्नेका लागि नयाँ रोजगारदाता देशको खोजी गरिरहेको छ । रोजगारीमा जाने कामदारका लागि थप नयाँ सुरक्षित रोजगारदाता देश पोर्चुगल, जर्मन, मारिसस, क्यानडा, जापान ब्रुनाई र लेबनानसँग छलफल भइरहेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जानकारी दिएको छ ।

सरकरले नयाँ श्रम सम्झौताका लागि विभिन्न सरोकारकारवाला निकायसँग छलफल गरी सम्झौताको मस्यौदा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा पठाउने तयारी गरिरहेको पाइएको छ। दक्ष तथा पढेका कामदार माग बढी रहेको युरोपियन देशसँग पनि श्रम सम्झौताका लागि प्रक्रिया अगाडि बढाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार