जर्मन चान्सलरद्वारा नेतृत्व छोड्ने घोषणा

काठमाडाैं – जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गर्नुभएको छ ।

उहाँलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उहाँले नेतृत्वबाट बाहिरिने घोषणा गर्नुभएको हो ।

जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहनुभएकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भन्नुभयो, “अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ ।”

मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन डेमोक्रेटिक यूनियनको गठबन्धनमा पनि नेतृत्वका लागि सङ्घर्ष हुनसक्ने बताउँदै गठबन्धनलाई यूरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार