नेकपा चियापान कार्यक्रम : अध्यक्ष दाहालले गरे उद्घाटन

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज २०७५ सालको दसैँ तिहार, छठलगायत समस्त नेपाली चाडपर्वका अवसरमा आज काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

भृकुटीमण्डपमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलपान गरेर चियापान कार्यक्रमको उद्घाटन गरेका छन् । पार्टीले चियापान कार्यक्रममा झण्डै नेता कार्यकर्ता तथा सर्वसाधारण गरी ५० हजार जनालाई निम्तो पठाएको जनाएको छ ।

यसैक्रममा नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेकपाको चियापान कार्यक्रममा नजाने भएका छन् । उनले ५० हजारलाई भोज खुवाउनुको सट्टा कुनै उत्पादनको क्षेत्रमा खर्च गरेको भए राम्रो हुने पनि बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार