जब सासुले आँसु झार्दै बुहारीका खुट्टा ढोगेर छोरीलाई जसरी कन्यादान गरिन्….

काठमाडाैं । झापा मेचीनगर ९ की ५८ वर्षीया अञ्जु अधिकारीले बिहीबार विधवा बुहारीको छोरीको जसरी नै विवाह गराईन् । बुहारी दीपालाई अन्माएर पठाएपछि उनको घर सुनसान भएको छ । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा झापाबाट राधा खनालले लेखेकी छन् ।

‘बुहारीलाई नयाँ जीवन दिनु थियो,’ उनले आँसु झार्दै भनिन्, ‘म खुसी छु, तर बुढेसकालमा घर सुनसान हुँदा खल्लो लाग्दो रहेछ।’ दीपा छोरासहित नयाँ घरमा बेहुली भएर गएकी छन् । उनका नाती घरआँगन, कोठामा खेल्थे, बुहारीसँग दुःख सुखका गफ हुन्थे । तर अब उनको घर सुनसान भएको छ । उनले बिहेमा बुहारीको खुट्टा ढोग्न पनि अप्ठ्यारो मानिनन् ।

‘बुहारीलाई नयाँ जीवन दिनु थियो,’ उनले आँसु झार्दै भनिन्, ‘म खुसी छु, तर बुढेसकालमा घर सुनसान हुँदा खल्लो लाग्दो रहेछ ।’ दीपा छोरासहित नयाँ घरमा बेहुली भएर गएकी छन् । उनका नाती घरआँगन, कोठामा खेल्थे, बुहारीसँग दुःख सुखका गफ हुन्थे । तर अब उनको घर सुनसान भएको छ । उनले बिहेमा बुहारीको खुट्टा ढोग्न पनि अप्ठ्यारो मानिनन् ।

जब सिन्दुर हाल्ने बेला भयो उनी रुँदै घरभित्र पसिन् । आफन्त, बेहुला र बेहुलीका साथीसंगी भावुक भए। अञ्जुका श्रीमान् ३० वर्षअघि बिते  । त्यति बेलाको समाजमा उनले दुई छोरी र एक छोरा संघर्ष गरेर हुर्काइन् । विवाहित महिलाको जीवन लोग्नेबिना कति पीडादायी हुन्छ भन्ने आफूले भोगेकी हुनाले बुहारीको हविगत आफ्नो जस्तो नहोस् भनेर बिहे गरिदिएको उनले सुनाइन् ।

उनले छोराको बर्खान्तपछि बुहारीलाई बिहे गर्न सुझाइन् । जीवन धेरै लामो रहेको भन्दै उनले कोही मन परेको छ भने भन्न आग्रह गरिन् । तर, बुहारीले छोरो सानै रहेकाले हुर्काउने र सासूको स्याहार गरेर बस्ने बताउँदै आएकी थिइन् । अञ्जुले बिहीबार भने उनै बुहारीको बिहे गराइन् । अञ्जुका नाममा ६ धुर जमिन थियो। छोरोले २०७० माघ १६ गते घरभित्र झुन्डिएर आत्महत्या गरे । भारतको सिलिगुडीमा गाडी चलाउने पेसा अँगालेका उनी १५ महिनापछि घर आएकै दिन घरभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए ।

बुहारी दीपा भर्खर २१ वर्षमा टेकेकी थिइन् । साथमा तीन वर्षका नाति थिए । ‘म आफैँ सम्हालिन गाह्रो भएका बेला मेरो काँधमा कलिलै उमेरमा विधवा बनेकी बुहारी र नाति लालनपालन गर्ने जिम्मेवारी थियो’, उनले स्मरण गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार