निर्मला पन्त हत्या प्रकरण : एआईजी बस्न्यातको टोली पहिलो पटक कञ्‍चनपुरमा

काठमाडाैं – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको छानविनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्न्यात नेतृत्वको छानविन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ ।

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन गरिरहेको एआईजी बस्न्यात नेतृत्वको छानविन समिति पहिलो पटक अाज कञ्चनपुर पुगेको हो । स्थानीयले अनुसन्धानमा प्रहरीको भूमीका माथि नै शंका गरेपछि यो समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको गल्ती, कमीकमजोरीकोसमेत छानविन थालेको छ ।

बस्न्यात नेतृत्वको छानविन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ । समितिले अाज घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र भाेली जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयाे । घट्नाको छानविनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो ।

घट्नामा प्रहरीको भूमिका नै संकास्पत देखिएपछि जनस्तरमा व्यापक आक्रोश छ । घट्नाको ७६ दिन वितिसक्दा पनि दाषि पत्ता लाग्न नसकेपछि प्रहरी संगठन नैै बद्नामित हुन थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार