६ बुँदे मागसहित तरुण दल धनगढीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कैलाली – नेपाल तरुण दल धनगढी नगर कार्य समितिले चाडपर्वको मुखैमा दैनिक उपभोग्य सामग्रीसहित सबैको मूल्य बढाएको विरोधमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । नागरिकलाई राहत दिनु पर्ने ठाउँमा उल्टै गैरजिम्मेवार भएर सबै सामानको मूल्य बढाएकोप्रति भत्र्सना गर्दै ६ बुँदे मागसहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको हो ।पेट्रोलियन पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनु पर्ने, कालोबजारी तथा तस्करी नियन्त्रण गर्नु पर्ने, देशका सबै स्थानीय तहमा चाडपर्वलाई केन्द्रित गरी सुपथ मूल्य चलाउनु पर्ने, यातायातका साधनको थप व्यवस्था गर्नु पर्नेलगायतका मागसहित आज दिउसो ३ बजे तरुण दल नगर समिति अध्यक्ष भक्त विष्टको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो । यस्तै सुरक्षा व्यवस्था चुस्त गराउनु पर्ने, गरिब तथा विपन्न परिवारका लागि राहतको व्यवस्था मिलाउनु पर्नेसहितका माग पनि तरुण दलले गरेको छ । साथै कञ्चपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपद्धि हत्य गर्ने अपराधीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउन पनि नेपाल तरुण दलले माग गरेको तरुण दल कैलालीका सदस्य तेजराज पनेरूले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार