प्रशन्ना र आनन्दको स्वरमा ‘फूलमा देख्छु तिमी नै’ सार्वजनिक

काठमाडाैं – नवगायिका प्रशन्ना पाण्डेले वरिष्ठ गायक आनन्द कार्कीसँग युगल गायन गरेको ‘फूलमा देख्छु तिमी नै’ बोलको गीत सार्वजनिक गरेकी छन्।

हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानितसमेत भएकी उनले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

गीतमा गोबिन्द प्रसाद उपाध्यायको शब्द,  सन्तोष श्रेष्ठको संगीत रहेको छ ।  गीतको भिडियोमा  रिमा बिश्वकर्मा र कुमार रेग्मीले अभिनय गरेका छन्।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार