पिडा भुलेर राजकुमारको रमाईलो गीत (भिडियाेसहित)

काठमाडाैं – कालिकोटका राजकुमार जैसी काठमाडौंमा संघर्षरत छन् । इन्जिनियरिङ विषय पढ्दै गरेका उनी गीत पनि गाउँछन् । वास्तविक जीवनमा पिडाको पहाड बोकेर हिँडीरहेका उनको गीत भने रमाईलो खालको छ ।

नृत्य गर्नेहरुलाई लक्षित गर्दै बनाईएको गीतमा केही पश्चिमेली शब्दहरु पनि मिसाईएको छ । ‘पिडा र वेदनाका गीत भन्दा पनि डान्सीङ नम्बर चल्छ कि भनेर यस्तो गीत गाएर आफ्नो चाहना पुरा गरेको हुँ’, राजकुमार भन्छन् । गीतमा राजकुमार जैसी र टिका सानुको स्वर छ भने भिडियोमा चक्र बम र सुजना भट्ट देखिएका छन्। सुनिल बिसीको शब्द तथा संगीत रहेको गीतको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

पहिरोले राजकुमारको पसलसँगै बुवालाई पनि बगाएको थियो । उनी काठमाडौंमै छँदा बुवा बेपत्ता भएको खबर मिडियामा सुने । छरछिमेकी र आफन्तबाट ऋण गरेर सुरु गरेको पसलसँगै बुवा पनि बेपत्ता भएपछि उनी विक्षिप्त बने । पढाई छाडेर उनी घर गए। घरको अवस्था पनि नाजुक नै थियो । फेरि ऋणपान गरेर घर बलियो बनाए र आमालाई घरमा छाडेर फेरि आफ्ना सपना पुरा गर्न काठमाडौं भित्रिए । पढाईसँगै गायनमा पनि आफुलाई अघि बढाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार