न्याय माग्दै सडक प्रदर्शनः गृहमन्त्री र आईजीपीको राजीनामा माग

काठमाडौं – निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणम भएको छ । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् । प्रदर्शनकारीहरुले गृहमन्त्री राजिनामा दे, आइजिपीलाई बर्खास्त गर!, लाचार सरकार खबरदार, महिला हिंसा अन्त्य गर! लगाएका प्ले कार्ड बोकेका थिए ।

गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो । घटना भएको २ महिना बिते पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार