बाँकेमा ट्रक र माइक्रो ठोक्किँदा ६ को मृत्यु

काठमाडाैं – पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किदा ६ जनाको मृत्यु भएको छ ।

दाङबाट नेपालगन्जतर्फ गइरहेकाे रा १ ख १६६२ माइक्रोभ्यान र पश्चिमबाट पूर्वतर्फ अाइरहेको ले १ ख ७७२९ नम्बरको ट्रक पूर्वपश्चिम हाइवेमा ठोकिदा ६ जनाको मृत्यु भएकाे बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भूजेलले जानकारी दिनुभयाे ।

घटनामा घाइते १७ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । भूजेलका अनुसार घटनस्थलमा माइक्रो चालक र ३ महिला यात्रुको निधन भएको हो भने थप दुई जनाको उपचारका क्रममा निधन भएको हो ।

दुर्घटना राप्ती सोनारी गाउँपालिका-२ को मुगुवा खोलाभन्दा पूर्वपट्टी पर्छ । घटनाको विस्तृत विवरण अाउँन बाँकी छ ।  प्रहरीले ट्रकका चालकलाई नियन्त्रणमा लिइसकेको छ । घटना बिहान करिब सवा ९ बजेतिर राप्ती सोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार