शिव परियारको ‘आँशुको अर्थ -२’ रिलिज

काठमाडाैं – चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को दोश्रो भाग रिलिज भएको छ । ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

गत वर्ष सार्वजनिक भएको ‘आँशुको अर्थ’ सफल भएपछि सो गीतका गीतकार रवि अधिकारीले ‘आँशुको अर्थ -२: आँशु दिइ जाने’ लेखेका हुन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछि अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए ।

कार्यक्रममा दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण जानकारी दिइयो । गीतमा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। पहिलो गीतमा भने टंक बुढाथोकीको संगीत रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार