यौन हिंसाविरुद्ध अावाज उठाउनेलार्इ नोबेल शान्ति पुरस्कार

काठमाडाैं – यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोका चिकित्सक डेनिस मुकवेगी र इराककी कुर्दिस मानवाधिकारवादी नादिया मुरादलाई प्रदान गरिने भएको छ । नर्वेका पुरस्कार प्रदान गर्ने समितिले मुकवेगीले युद्धका समयमा यौन हिंसा पीडितका जीवन जोगाउनका लागि निर्वाह गरेकाे भूमिकाका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएकाे जनाएकाे छ ।

पुरस्कारका लागि छनाैट भएकी मुरादले यौनहिंसा पीडित हुन् । उनले आफूसहित विभिन्न महिलामाथि भएको घटनाबारे बताउँदै आएकी छिन् । मुकवेगीले जीवनका अधिकांश समयमा कंगोमा यौन हिंसा परेका महिलाका उपचार बिताएका थिए । सामुहिक बलात्कारका शिकार भएका हजारौं महिलाका उनले उपचार गरेका थिए ।

मुराद आइएस सैनिकका बलात्कार र अन्य दुर्व्यवहारबाट पीडित भएकी याजिदी महिला हुन् । उनी जस्तै करिब तीन हजारलाई आइएसले यौन दासी बनाएको थियो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार