बजेट हिनामिना गरेको भन्दै वडाध्यक्षलाई जुत्ताको माला र कालो मोसो !

काठमाडाैं – विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला गलाएर दुव्र्यवहार गरेका छन् ।

कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको किसानको आरोप छ । यो खबर आजको कान्तिपुरले छापेको छ ।

बिनियोजित तीन लाख ५० हजारमध्ये वडाध्यक्ष धामीले ५० हजारको मात्रै बिउविजन किनेर बाँकी रकम आफूले खाएको किसानले आरोप लगाएका स्थानीय खगेन्द्रबहादुर सिंहले बताए ।

वडाध्यक्षलाई स्वागत गर्न भन्दै करिब ४० जना किसानले वडा कार्यालयमै पुगेर जुत्ताको माला र कालो मोसो दलेर वडाध्यक्षलाई दुव्र्यवहार गरेका हुन् । तर वडाध्यक्ष धामीले भने आफूले अनियमितता नगरेको दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार