बानेश्वरको संगम स्वीट्समा शिलबन्दी

काठमाडाैं – सरकारी अनुगमन टोलीले बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरेको छ । अनुगमनका क्रममा अखाद्य पदार्थ र न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि उक्त मिठाइ पसलमा शिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मिठाइमा अखाद्य पदार्थ भेटिएको गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिनुभयाे । उहाँका अनुसार उत्पादन कारखानामा समेत शिलबन्दी गरिएको छ । अनुगमनका क्रममा कपडा चम्काउन प्रयोग हुने ‘हाइड्रो ए वान’ केमिकल  खानेकुरामा भेटिएको छ । उक्त केमिकल खानेकुरामा प्रतिवन्धित छ ।

मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निकै हानिकारक रहेको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताउनुभयाे । त्यस्तै मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको अनुगमनका क्रममा भेटिएको छ । उक्त पाउडर उत्पादन भएको मितिले ४ महिनासम्म प्रयोग गर्न उपयुक्त हुने भए पनि सन २०११ मा बनेको पाउडर अहिलेसम्म पनि प्रयोग गरेको पाइएपछि नष्ट गरी उत्पादनमा प्रतिवन्ध लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार