‘बकम्फुसे राजा’मा दया र वर्षाको जोडी

काठमाडाैं – रंगपत्रकार प्रकाश सुवेदीको निर्देशनमा निर्माण हुने सिनेमा ‘बकम्फुसे राजा’को मुख्य भुमिकामा दयाहाङ राई र वर्षा राउतले जोडी बाँध्ने भएका छन् । फिल्मबाट चलचित्र पत्रकार प्रकाश सुवेदीले निर्देशनमा डेब्यू गर्दैछन् । निर्देशक सुवेदीले थप केहि नबोल्ने भन्दै फिल्मका लागि दया अनुबन्धित भइसकेको स्वीकार गरे ।

उनले अझै कलाकारको छनौट नसकिएको पनि जानकारी दिएका छन् । ‘बकम्पुसे राजा’मा सिनेमाका निर्देशक सुवेदीले दयाहाङलाई मंहगो रकममा अनुबन्धित गरेको बताइन्छ । यस्तै फिल्ममा एक नव नायिकाले अभिनय गर्ने पनि तय भएको छ । निर्माणपक्षले भने फिल्मको विस्तृत जानकारी घटस्थापनाको दिनमा दिने तयारी गरेको बुझिएको छ ।

फिल्ममा गौरी मल्ल तथा विल्सनविक्रम राई खेल्ने भन्ने पक्का भइसकेको श्रोतले बतायो । अष्ट्रेलिया निवासी गणेश सुवेदीले निमार्ण गर्ने सिनेमाको अधिकांश छायांकन हैदरावादमा गरिनेछ । ‘बकम्फुसे राजा’को छायांकन मंसिरको अन्तिम साताबाट सुरु गर्ने तयारी निर्माण युनिको रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार