दशैँको टिकट सकिएको छैन, समयमा नै टिकट लिनुहोलाः ट्राफिक प्रहरी

काठमाडौँ – दशैँको लागि खुल्ला गरिएको लामो दुरीका सवारीको टिकट नसकिएको ट्राफिक प्रहरीले जानकारी दिएको  छ । ट्राफिक प्रहरी महाशाखाले टिकट सकिएको भन्ने हल्ला हल्ला मात्र भएको समेत जनाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि बसहरूको टिकट नसकिएको जनाएको हो । महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले भने, ‘अहिलेसम्म कुनै पनि सवारीको टिकट सकिएको छैन । अहिले पनि बुकिङ भइरहेको छ । समयमा नै टिकट लिएर दशैँ मनाउन जाँदा सहज हुन्छ ।’ महाशाखाले अहिलेसम्म २८ हजार टिकट विक्री भइसकेको जनाएको छ।

यस्तै यात्रुको सहायताको लागि उपत्यका भित्रका विभिन्न १३ स्थानमा सहायता कक्ष समेत सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । यसवर्षको दशैँमा करिब २४ लाख मानिस उपत्यकाबाहिर जाने प्रहरीले अनुमान गरेको छ । दशैँमा यात्रुलाई सवारीको कारणले हुने दुख न्यूनिकरण गर्न थप बसहरू सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायहरूसँग छलफल भइरहेकोसमेत एसएसपी पन्तले बताए ।

अहिले उपत्यकाका बाहिरिने ६ वटा नाकाबाट दैनिक ८ हजार यात्रु बाहिरिने तथा ७ हजार यात्रु भित्रिने गरेको ट्राफिकको तथ्यांकमा उल्लेख छ । दशैँलाई लक्षित गरी महाशाखाले सडक सुरक्षाको लागि विषेश व्यवस्था मिलाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार