राजधानीको प्रस्तावविरूद्ध धनगढीवासीले चर्काए आन्दोलन (फोटोफिचर)

कैलाली – मंगलबार प्रदेश सभामा सुदूरपश्चिम नाम र राजधानी गोदावरी राख्ने प्रस्ताव पेश भएपछि अस्थायी राजधानी रहेको धनगढीमा आन्दोलन सुरू भएको हो । बुधबार प्रदेश सभा भवन घेराउ गरेका आन्दोलनकारीले बिहबार आमहड्ताल गरेका छन् ।

कैलाली प्रहरीका अनुसार  बिहीबार बिहानैदेखि धनगढीमा सार्वजनिक यातायात, शिक्षण संस्था, बजार पसल, कार्यालय र उद्योगधन्दा बन्द छन् ।  झन्डै २० किलोमिटर उत्तर पर्ने गोदावरी नगरपालिका-४ तेघरीमा राजधानी सार्दा धनगढीवासी किन आन्दोलित भए ? सरोकारवालाले यसमा तीन वटा कारण औंल्याएका छन् ।  पहिलो, वन र धार्मिक क्षेत्र मासिन्छ । प्रदेश सभाको समितिले राजधानी प्रस्ताव गरेको ठाउँमा वन क्षेत्र छ । राजधानीका लागि संरचना बनाउँदा झन्डै तीन सय हेक्टरको वन काट्नु पर्छ ।

धनगढीवासीको दोस्रो प्रश्न धनगढीमा संरचना हुँदाहुँदै किन नयाँ संरचनामा खर्च गर्ने भन्ने हो ? ‘धनगढीमा अहिले संरचना छँदै छन्, नयाँ नबनाउञ्जेल केही वर्ष राजधानी यहीँ बस्छ । त्यसका लागि यताका भवनमा पनि खर्च हुन्छ अनि उता नयाँ बनाउँदा पनि अर्बौं रूपैयाँ लाग्छ,’ धनगढी उपमहानगरपालिका प्रमुख नृप वडले भने, ‘धनगढीमा भएका संरचना र ठाउँ प्रयोग नगरेर अर्बौं रकम किन गर्ने भन्ने हाम्रो प्रश्न हो ?’उनले धनगढीबाट सारेर गोदावरीमा नयाँ राजधानी बनाउने प्रस्ताव औचित्य नभई लहडमा आधारमा आएको उनको आरोप छ । ‘भूमाफिया र काठ व्यापारीलाई फाइदा हुने गरी राजधानीको प्रस्ताव आएको छ। जुन धनगढीवासीलाई स्वीकार्य छैन,’ उनले भने ।

तेस्रो, प्रस्तावका विषयमा सरोकारवालाहरूसँग छलफल नै नभएको उनीहरूको गुनासो छ । हमाल र वड दुबैले राजधानीका विषयमा आफूहरूसँग समितिले कुनै छलफल नगरेको बताए ।प्रदेश सातको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले आफ्नो पार्टीबाट समितिमा रहेका सदस्यले  जंगल गोदावरीको जंगल क्षेत्र मासेर राजधानी बनाउन नहुने धारणा राखे पनि सुनुवाइ नभएको बताए । यसबीच राजधानी गोदावरी राख्ने प्रस्ताव पेश भएपछि अस्थायी राजधानी रहेको धनगढीले आन्दोलन चर्काएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार