राजधानी धनगढी बाहिर बनाउने प्रस्तावप्रति मेयर वडको कडा आपत्ति

भन्छन्- ‘प्रदेश राजधानी धनगढी बाहिर लगे आगो लगाउछौं’

धनगढी – प्रदेश नं. ७ को राजधानी धनगढी क्षेत्र भन्दा बाहिर गए राजधानी क्षेत्र सहित सांसदबस्ने ठाउँमा आगो लगाउने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप वडले चेतावनी दिएका छन् ।

बुधबार नगरप्रमुख वडले पत्रकारहरुलाई प्रदेश राजधानी बारे प्रतिक्रिया दिदै धनगढी भन्दा बाहिर प्रदेश राजधानी गए त्यस्तो चेतावनी दिएका हुन् । प्रदेश ७ का सांसद बिक्री भएर भूमापिया र वन माफियाको तस्करीको पक्षमा लागेको बताउदै उनले प्रदेश राजधानी अन्यत्र सार्न लागेको बताए । धनगढीमा राजधानी स्थापना गर्नको लागि राज्यको अरबौ रुप्या खर्च भइसेकेको र धनगढी उपमहानगरपालिकाले के व्यवस्थापन गर्नु पर्नेहो हामी गर्न तयार छौ भन्दाभन्दै पनि अन्यत्र क्षेत्र सार्ने दुष्प्रयास गरेको बताए ।

मंगलबार नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम र कैलालीको अत्तरिया क्षेत्रमा पर्ने गोदावरी नगरपालिका ४ मा राजधानी राख्ने सिफारिस सहित प्रतिवेदन सांसद तारा तमाङ प्रदेशसभा बैठकमा पेश गरेका थिए । यही बिच आज बुधबार प्रदेश ७ को राजधानी र नामाकरणका विषयमा असन्तुष्ट धनगढीबासीद्वारा प्रदेशसभा भवन घेराउ तथा भोली ११ गते विहीबार देखि अनिश्चितकालिन धनगढी बन्द गर्ने जनाएको छ ।

कैलारी अनलाईनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार