पेट स्वस्थ राख्न यसो गर्नुस्

काठमाडाैं – तेलमा तारेको र भुटेको खानाले स्वास्थ्यलाई फाइदा गर्दैन । सकभर तेलमा तारेको र भुटेको खाना प्रयोग गर्नु हुँदैन। प्रयोग गरे पनि हप्तामा एकपटकभन्दा वढी प्रयोग गर्ने गल्ती गर्नु हुँदैन ।

स्वास्थ्य सम्बन्धी जानकारीमूलक यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । वढी मसलेदार, अमिलो फलफूल, चकलेट, टमाटर, अचार, चटनीजस्ता खानाबाट दूरी वढाउनुपर्छ । अत्यधिक कफी, चिया र मदिरा सेवनबाट बच्नुपर्छ । यस्ता पदार्थले शरीरमा कार्बनडाईअक्साइड ग्यासको मात्रा वढाउँछ र पेटको समस्या निम्तिन्छ ।

जंक र स्ट्रिट फुडलाई सकेसम्म बन्देज नै गर्नुपर्छ । खानालाई राम्रोसँग चपाएर खानुपर्छ । अध्यधिक धुमपानले पनि पाचन प्रक्रियामा असर पुर्याउँछ । एसिडिक खानेकुराको वढी प्रयोगले पनि पेटको समस्या निम्तिन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार