निर्मला पन्त बलात्कार र हत्या प्रकरणः एसपी विष्ट मुख्य दोषी

काठमाडाैं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटना अनुसन्धानका लागि गठित उच्चस्तरिय छानविन समितिले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ ।

समितिले मंगलबाट गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पीडित परिवार र स्थानीयका माग सम्बोधन गर्न र घटनास्थलमा भेटिएका प्रमाण जोगाउन प्रहरी असफल भएकोले एसपी विष्टलाई मुख्य दोषी देखाइएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा एसपी विष्टको गम्भीर गल्तीका कारण प्रहरी संगठन नै बदनाम भएको उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार