प्रदेश सातको राजधानी गोदावरी, नाम सुदूरपश्चिम

काठमाडाैं – प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि गठित विशेष सुझाव समितिको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको छ । सासंद तारालामा तामाङको नेतृत्वमा गठन भएको संसदीय समितीले तयार पारेको प्रतिवेदन प्रदेश सभामा पेश गरिएको हो ।

संसदीय समितीले प्रदेशको राजधानी गोदावरी नगरपालिका वडा नम्वर ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ । भदौ ५ गते संसदीय समितीले सभामुख अर्जुनबहादुर थापालाई प्रतिवेदन पेश गरेपनि झण्डै्र एक महिनापछि संसदमा प्रतिवेदन पेश गरिएको  हो ।

प्रदेश सभामा पेश भएको २४ घण्टा पछि मात्र प्रदेश सभामा प्रतिवेदनमाथिको छलफल शुरु हुने छ । प्रदेश सभाका सदस्यहरुले राजधानी र नामाङ्कनका लागि थप प्रस्ताव तथा संसोधन हाल्न पाउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार