दक्षिण सुडानका इभान आतार आदाहलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

काठमाडाैं – दक्षिण सुडानमा एक निजी अस्पताल सञ्चालन गर्दै आएका चिकित्सक इभान आतार आदाहलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर)द्धारा दिइने ‘नान्सेन रेफ्युजी अवार्ड’ प्रदान गरिने भएको छ । आदाहले दक्षिण सुडानको बुन्ज शहरमा संचालन गरेको ‘मबान अस्पताल’मा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो ।

उनले गरेको उपचारका कारण ठूलो संख्यामा शरणार्थीको ज्यान बचेको बताइएको छ । उनले निकै कठिन परिस्थितिमा पनि सो अस्पतालमा उपचार सेवा दिएका बताइएको छ ।  सो अस्पतालको ‘एक्सरे मेशिन’समेत फुटेको, अरु सामानहरु पनि यथेस्ट मात्रामा नरहेको अवस्थामा आतार र उनको समूहले एउटा कोठामा एक मात्र चिमको सहायतामै हरेक हप्ता ६० वटा शल्यक्रिया गर्ने गरेका थिए । युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्दीले कठिन परिस्थिति र सीमित साधन र स्रोतका बीच आतारले देखाएको मानवीय सेवाका कारण उक्त पुरस्कार दिइएको जानकारी दिए ।

उक्त पुरस्कारको छनौट शरणार्थीहरुका महिला, बालबालिका र अप्ठेरोमा परेका नागरिकलाई गरेको सहयोगको आधारमा गर्ने गरिन्छ । नर्वेको एक समूहले सो पुरस्कार छनौट गर्ने गर्छ । गत वर्ष यो पुरस्कार नाइजेरियाका जनाहा मुस्ताफालाई दिइएको थियो । उनलार्इ नाइजेरियको सशस्त्र समूह बोको हरामले अपहरण गरेका बालिकालाई अपहरणमुक्त गराएबापत सफ पुरस्कार दिइएको थियो । आगामी हप्ता नर्वेमा आयोजना गर्ने एक विशेष कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको युएनएचसिआरले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार