दसैंकाे अग्रिम टिकट बुकिङ आजबाट

काठमाडाैं । सरकारले सार्वजनिक यातायातको भाडा वढाएसँगै दसैंका लागि घर जानेले मंगलबारदेखि अग्रिम बुकिङ गर्न पाउने भएका छन् । नयाँ वसपार्कसहित विभिन्न ११ स्थानबाट टिकट बुकिङ खुलेको खबर आजको कारोबार दैनिकले छापेको छ ।

नेपाल यातायात व्यवसायी महासंघले मंगलबारदेखि अग्रिम टिकट बुकिङ गर्ने निर्णय गरेको हो । भदौ ३१ गते नै असोज ५ गतेदेखि बुकिङ खोल्ने निर्णय भएपनि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीले बुकिङ रोकेका थिए ।

सरकारले शनिबार सार्वजनिक सवारीको भाडा १० प्रतिशतले बढाएसँगै व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार