राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय अनुकुल भएकोले समयमा काम गर्ने प्रयास गर्नु होला । गरेका कामबाट धेर थोर लाभ हुनेछ । साँझपख खर्च विवाद बढ्न सक्छ सतर्क रहनुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समय विस्तारै अनुकुल हुनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । धर्म कर्ममा रुची बढ्नेछ । आर्थिक कारोवारमा सचेत रहनु होला । वाह्य अलमल हट्नेछ । पराक्रम बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): चित्त चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । अरुको काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आर्थिक समस्या झेल्नु पर्ला । सोचाईको विपरित काम हुनेछन् । विषय प्रवेश नपाउदै काममा रोकावट आउनेछ । अधर्मिले दुःख दिने छन् । चित्त अशान्ति होला । व्यापार घट्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अपरान्ह पूर्वको समय अनुकुल नै देखिन्छ । काममा सम्वेदनशील भएर लाग्नु होला नत्र आएको अवसर गुम्नेछ । सामान्य आम्दानी हुनेछ । साँझपख काममा रोकावट आउने देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): प्रयत्नहरु सफल हुनेछन् । नक्कली सहयोगी बनेर आउन सक्छन् सतर्क रहनुहोला । नयाँ कार्य योजनका बारेमा विचार विमर्श हुनेछ । विवादको टुङ्गो लाग्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कामबाट नयाँ पाठ सिकिनेछ । भ्रमहरु हटेर जानेछन् । वास्तविक सहयोग भेट्न गाह्रो हुनेछ । श्रम शोषण गर्न सक्छन् त्यता तिर पनि सचेछ हुनुुहोला । शैक्षिक मार्ग राम्रै देखिन्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  भाग्य भन्दा कर्ममा जोड दिनुहोला । घरयासी समस्याले गर्दा उपलब्धिका काममा समय दिन सकिने छैन । राजनैतिक औजार प्रयोग गरेर काम गर्दा उपलब्धि हात लाग्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  समय विस्तारै प्रतिकुल बन्न सक्छ समयमा नै काम गर्नु होला । अपरान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्ला । सहयोग मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): उत्तेजनामा काम नगर्नु होला । समय सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । कार्य क्षमता विस्तारै बढ्नेछ । व्यापार व्यवसायमा क्रमिक रुपमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समय मध्यम खालको देखिन्छ । लगनशिलता बढाउनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवारमा ध्यान दिनुहोला । लोभ मोह बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  समयमा अझै सुधार आउने देखिन्न । श्रम शोषणमा परिनेछ । लगानी बालुवामा पानी हाले जस्तो हुनेछ । विश्वास गरेकाले धोका दिने छन् । दुःख धेरै पाईनेछ । आक्षेप लाग्न सक्छ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार