मलेसिया प्रहरीले कम्पनीबाटै पक्रियो ४७ नेपाली

काठमाडाैं – मलेसियामा अवैधानिक रुपमा बसिरहेका ४७ जना नेपाली कामदारलाई प्रहरीले पक्राउ गरेको छ । अवैधानिक कामदारलाई स्वदेश  फर्किन तथा वैधानिक भएर बस्न समय दिएपनि सदुपयोग नगरेका आप्रवासी पक्राउको अभियान चलिरहेको छ ।

साइवरजयाको एक कम्पनीमा छापा मारेर २ हजार २ सय ३० जना कामदारमाथि छानविन गर्दा प्रहरीले ३ सय ३८ जना पक्राउ गरेको मलेसियाको अध्यागमन कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा १ सय ७२ जना इण्डोनेशियाली, ५५ जना बंगलादेशी, ४७ जना नेपाली र २५ जना म्यानमारका नागरिक छन् । बाँकी अन्य देशका नागरिक हुन् ।

पक्राउ परेका कतिपयसँग भिसा भएपनि एउटा कम्पनीमा काम गर्ने भिसा भएको तर अर्कै कम्पनीमा काम गरिरहेको पाइएको छ । पक्राउ परेका धेरैजसो भिसाको म्याद सकिएर पनि मलेसियामा काम गरिरहेकाहरु छन् । उनीहरुलाई वुकित जलिलको थुनुवा केन्द्रमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार