निर्मलाका निम्ति न्यायको माग गर्दै महिला स‌ंघद्वारा कैलालीमा विरोध प्रदर्शन (फोटोफिचर)

कैलाली – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गरेको छ । महिला संघमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थितिमा महिला संघले धनगढीको चौहारा हुदै जिल्ला प्रशासनसम्म विरोध प्रदर्शन गरेको हो ।विरोध प्रदर्शनमा निर्मला पन्तलगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी गरिएको थियो । शान्ति सुरक्षा दिन सरकार असफल भएअको भन्दै महिला संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा पनि माग गरेको छ । नेपाल महिला संघले कैलाली जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र पनि बुझाएको छ । नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् संघले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको हो । साथै आज स‌ंघका जिल्ला कार्यसमितिले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार