एएफसी यू-१६ वुमन्स फुटबल : म्यानमार समूह विजेता

काठमाडौँ – एएफसी सोह्र वर्षमुनि (यू–१६) महिला च्याम्पियनसिपअन्तर्गत समूह ‘ई’ को उपाधि म्यान्माले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको छनोट चरणअन्तर्गतको अन्तिम खेलमा म्यान्माले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’ को उपाधि रक्षा गरेको हो ।

तीन खेल खेलेको म्यान्मा ९ अङ्क जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यान्माले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गरेको छ । यता ६ अङ्क जोडेको फिलिपिन्स पनि समूह ‘ई’ मा दोस्रो हुंदै थाइल्याण्डको यात्रा तय गर्यो । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्ने छन् ।

त्यस्तै नेपाल र मलेशिया भने यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । आज अपराह्नमा हुने खेलमा दुवै टोली प्रतिष्ठाका लागि मात्र भिड्नेछन् । समूह ‘ई’मा आयोजक नेपालसहित मलेशिया, म्यान्मा र फिलिपिन्स सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार