मलेसियामा विषाक्त रक्सी बिक्रीकाे आरोपमा ३ नेपाली सहित १० पक्राउ

काठमाडौं – मलेसियामा गत मंगलबार ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको विषाक्त मदिरा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जना नेपालीसहित १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३ जना नेपाली, ३ जना मलेसियन, ३ जना भारतीय र एकजना म्यानमारका नागरिक रहेको मलेसियन प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १९ बर्षदेखि ४८ बर्षसम्मका
व्यक्ती रहेको प्रहरीको भनाइ छ । मलेसियाली स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङ्गार प्रहरीले उक्त घटनापछि १३ ठाउँमा छापा मारी करिब ३ हजार बोतल मदिराको नमुना संकलन गरिएको छ ।

विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ। १४ जना उपचारपछि फर्किएका छन् । हालसम्म घटना ग्राण्ड रोयल, मण्डाले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो वियरका कारण सो घटना भएको मलेसियन प्रहरीले बताउँदै आएको छ । उक्त मदिराको मलेसियाको स्वास्थ्य विभागले हाल गुणस्तर परिक्षा गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार