नेकपा प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन्। नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ। यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२-१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । ने क पाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो।

सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन-तीन जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको छ। सात सहइन्चार्जमा ओलीले २, दाहालले ४ र नेपाल पक्षले १ पाएका छन् । सात अध्यक्षमा ओलीले ३ र दाहाल पक्षले ४ प्रदेश पाएको हो । सचिवमा ओली पक्षका ४ र दाहाल पक्षका ३ छन्।

ओली पक्षले प्रदेश २, गण्डकी र ५ को इन्चार्ज पाएको छ । नेपाल पक्षले प्रदेश १, ३ र ७ मा इन्चार्जको जिम्मेवारी पाएको छ । गण्डकी प्रदेशमा दाहाल पक्षले इन्चार्ज पाएको छ । प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा नेपाल पक्षले चारमध्ये कुनै नेतृत्व पाएको छैन। प्रदेश १ को इन्चार्जमा भीम आचार्य (नेपाल पक्ष), सहइन्चार्जमा साबित्रीकुमार काफ्ले (दाहाल पक्ष), अध्यक्षमा देवराज घिमिरे (ओली पक्ष) र सचिवमा सुरेशकुमार राई (दाहाल पक्ष) छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार