राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्….

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): श्रम अनुसारको प्रतिफल मिल्नेछ । नोकरीमा पदोन्नति तथा राजनीतिमा अवसर प्राप्त हुनसक्छ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । व्यापार बढ्ला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): चित्त चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । अरुको काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । काम गर्ने वातावरण मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कामा सहजता देखिदैन । अस्थिर मन लिएर कार्य क्षेत्रमा नजानु होला । संकल्प गरेर मेहनतका साथ गरेका काम सफल हुनेछन् । शत्रु पराजय हुनेछन् । आम्दानी बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । सन्तान सुख मिल्नेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):  पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ ।  व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद  पर्न सक्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):  परिश्रमपूर्वक धन आर्जन गर्नु हुनेछ । कार्य लगनशिलतामा कुनै कमि आउने छैन । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । मान्य जनको आशिर्वाद लिएर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सहयोग गर्ने होईन धूर्तहरु पछि लाग्न सक्छन । अधिकाँश काम आफ्नै प्रयासबाट सफल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई ओझेलमा पर्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):  महिला कारण इज्जतमा दाग लाग्न सक्छ । फजुल काममा फजुल खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुने देखिन्न ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार