२५ वर्षमुनिका मगर युवायुवतीलाई रक्सी-जाँड पिउन रोक !

काठमाडाैं – २५ वर्ष मुनिका मगर युवालाई रक्सी-जाँड पिउन रोक लगाउनका लागि सामाजिक सुधारको अभियान सञ्चालन गरिने भएको छ । नेपाल मगर संघ केन्द्रीय समितिको गोरखामा बसेको नवौं पूर्ण बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका निर्णय सार्वजनिक गर्न बिहान सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकामगरले रक्सी-जाँड प्रयोगका लागि निश्चित अवधीसम्म सचेतना र जागरणका कार्यक्रम गर्ने बताउनुभयो । त्यस अवधि पार गरेपछि भने रक्सी-जाँड पिउने युवालाई कारबाही गर्नेसम्मको सोच रहेको उहाँको भनाई छ । ‘२५ वर्षसम्म जाँड खाएर हल्लिने युवाले कसरी करियर बनाउँछ ?’, केन्द्रिय अध्यक्ष रोकामगरले भन्नुभयो, ‘सके त कसैले पनि रक्सी-जाँड नपिएकै राम्रो, झन् २५ वर्षमुनिकाले त छुनै हुँदैन ।’

२५ वर्षसम्म पढाइलेखाई गरेर करियर बनाएका युवा र २५ वर्षसम्म जाँड खाएर हुर्किएका युवालाई दाँजेर हेर्दा मदिराको दुष्प्रभावबारे प्रष्टै हुने उहाँको तर्क छ ।संघको केन्द्रीय समिति बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ । मगर भाषालाई सरकारी कामकाजको भाषासहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, मगरहरुको राष्ट्रिय पर्व माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको मान्यता दिँदै सार्वजनिक बिदा दिनुपर्ने, अहिलेको संविधानले व्याख्या गरेको हाडनाता करणीको पुनव्र्याख्या हुनुपर्ने भएकाले संविधान संशोधनको माग गरिएको केन्द्रीय अध्यक्ष रोकामगरको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार