निर्मला पन्त हत्या प्रकरण : नयाँ शिराबाट अनुसन्धान गरिदै

काठमाडाैं – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान शैली परिवर्तन गरेको छ । घटनाको अनुसन्धान गर्न खटिएकी एसपी दुर्गासिंह चन्दले अनुसन्धानको शैली परिवर्तन गरेर निर्मलाको परिवारका सदस्यसँग एक्लाएक्लै सोधपुछ गर्नुभएको हो ।

बिहीबार निर्मलाका बुबा यज्ञराजसँग घटनाबारे जानकारी लिएकी चन्दले शुक्रबार आमा र दिदीसँग छलफल गर्नुभयाे । घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि कञ्‍चनपुर प्रहरीलाई अनुसन्धानमा दबाब परेको छ । सरकारले पछिल्लोपटक केही दिन अघि मात्र दुर्गासिंह चन्दलाई कञ्‍चनपुर खटाएको हो । ‘अहिले परिवारका सदस्य भेटेर जानकारी लिइसकेपछि हामीसँग पनि भेट्ने कुरा भएको छ ।’ एक अधिकारकर्मीले भनिन्, ‘बुबासँग घरमै भेटे पनि प्रहरीले आमा र दिदीसँग घरभन्दा बाहिर भेटेको छ ।’

सरकारले गठन गरेको अनुसन्धान समितिले भने पछिल्लोपटक भएको प्रगतिबारे जानकारी गराएको छैन । समितिले अनुसन्धानबारे परिवारलाई पनि कुनै जानकारी नगराएको स्रोतले जनाएको छ । पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै ठाउँ-ठाउँमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा सहभागीहरुले कञ्‍चनपुर घटनाका दोषीलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार