वाइपीले ल्याए ‘रक्सीमा नशा…’ हेर्नुस् भिडियो

काठमाडौं – रचनाकार वाइपी जोशीद्वारा लिखित ‘रक्सीको नशा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक नेपालको युटूयुब च्यानलबाट उक्त गीति गजल सार्वजनिक गरिएको हो ।

गीतमा बिष्णु भट्टले स्वर तथा सङ्गीत दिएका छन् । किरण कडेँलले एरेन्ज गरेको गीतको म्युजिक भिडियोमा सनम कठायत र रोजी कुँवरको अभिनय रहेको छ । शिक्षक तथा साहित्यकार जोशीको यसअघि ‘बाटोमा ढुंगा कुल्चिन्छौं…’ गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको थियो ।

यस्तै जोशीको ‘पत्थरको गुलाफ’ गजलसंग्रह समेत प्रकाशित छ । यसै शुक्रबार तेस्रो गीत ‘चरि उड्यो’को म्यूजिक भिडियो सार्वजनिक हुने जोशीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार